थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर कुल १ लाख ६४ हजार ७१८ जना संक्रमित रहेकोमा १ लाख २४ हजार ८६२ जना निको भएका छन् ।

हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३०३८ संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्