विवाहको प्रस्ताव अस्वीकार गर्दा नायिकामाथि चक्कु प्रहार




टेलिभिजनकी चर्चित अभिनेत्री माल्वी मल्होत्रामाथि केहीदिन अघि हत्याको प्रयास भएको थियो । माल्वीमाथि चक्कु प्रहार भएको थियो । अहिले उनमाथि चक्कु प्रहार गर्नुको कारण खुलेको छ ।
कसैको प्रपोज स्वीकार नगर्दा माल्वीको ज्यानै जोखिममा परेको छ ।

मालवी मल्होत्रामाथि चक्कु हमलाका आरोपी योगेश महिपाल सिंहसम्म पुग्न मुम्बई प्रहरी सफल भएको छ । प्रहरीले सिंहलाई घाइते अवस्थामा फेला परेका हुन् ।

उनलाई प्रहरी निगरानीमा एक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि प्रहरीले उनलाई पक्राउ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्