
बलिउडकी चर्चित गायिका नेहा कक्करले केहीदिन अघिमात्र प्रेमी रोहनप्रित सिंहसँग धुमधामसँग विवाह गरिन् । नेहाले विवाहपछि रिसेप्सन पार्टी पनि दिएकी छिन् ।
रिसेप्सन पार्टीमा नेहा सेतो लेहेगांमा देखिएकी थिइन् भने रोहन पनि सेतो सुटमा देखिएका थिए । दुवैको जोडी निकै नै मिलेको देखिएको थियो । अहिले पनि रोहन र नेहालाई बधाई दिनेको ओइरो लागिरहेको छ ।





