उपत्यकाका ८ सय ४३ सहित थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि




पछिल्लो २४ घण्टामा थप १ हजमर ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ८ सय ४३ काठमाडौँका रहेका छन् ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। यस्तै बितेको २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्