फ्यानले ‘अब ५० बर्षपछि मात्र घोषणा गर्ने हो नयाँ फिल्म’ भनेपछि शाहरुखले दिए यस्तो जवाफ…




शाहरुख खान २ बर्षदेखि पर्दामा देखिएका छैनन् । उनले अन्तिम पटक चलचित्र जिरो मा काम गरेका थिए । त्यसपछि उनले कुनै नयाँ चलचित्र साइन गरेका छैनन् ।

शाहरुखले हालै ट्वीटरमा आफूलाई प्रश्न सोध्न फ्यानहरुलाई भनेका थिए । सोही क्रममा एक फयानले सोधे – ‘सर, मेरो जीवनको केवल ५० वर्ष बाँकी छ, त्यतिबेलासम्म तपाईं आफ्नो नयाँ फिल्म घोषणा गर्नुहुन्छ’?

फ्यानको जवाफमा शाहरुख खानले लेखे – मेरो जीवनको ५० भन्दा बढी समय भयो फिल्म गर्दागर्दै, पक्कै पनि यही गरिरहनेछु अघिल्लो ५० वर्ष पनि, अघिल्लो ५० वर्षसम्म पनि कृपया तपाईं हेर्दै जानुस् ।’

प्रतिक्रिया दिनुहोस्