चर्चित हाँस्यकलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि




सर्वाधिक चर्चित हाँस्यकलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । यो कुराको जानकारी स्वयम मनोजले दिएका छन् ।

केहीदिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले पिसिआर परीक्षण गराएका थिए । परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको जनाउदै सामाजिक सञ्जालमा लेखेका छन् ‘ मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाईरसको हार झन् चाँडो हुनेछ । ’

प्रतिक्रिया दिनुहोस्