यी बलिउड अभिनेत्रीको हत्याको प्रयास, पेटमा छुरा प्रहार



बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि हत्याको प्रयास भएको छ । भारतीय मिडिया अनुसार माल्वीमाथि कसैले छुरा प्रहार गरेको छ ।

माल्वीलाई पेटमा छुरा प्रहार गरिएको छ । पेटमा छुरा हानिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा पनि आक्रमण गर्ने प्रयास गरेका थिए । माल्वीले अनुहार हातले ढाकेर बचाउने प्रयास गर्दा उनका दुवै हातमा पनि गम्भीर चोट लागेको छ ।

उनलाई ३ ठाउँमा गम्भीर चोट लागेको बताइउको छ । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्