जब शाहरुखले श्रीमती गौरीलाई दिए बुर्का मात्र लगाएर हिड्न आदेश…



शाहरुख खान र गौरी खानलाई बलिउडको निकै सुन्दर जोडीको रुपमा हेर्ने गरिन्छ । यी दुई बेला बेलामा आफ्नो लब लाइफका कारण चर्चामा समेत आउने गरेका छन् ।

उनै शाहरुख र गौरीले केहीदिन अघिमात्र आफ्नो २९ औँ वैवाहिक एन्निभर्सरी मनाए । त्यसैबिच शाहरुख र गौरीको एक रमाइलो कहानी बाहिर आएको छ । शाहरुखले गौरीसँग विवाह गर्ने बित्तिकै उनलाई बुर्का मात्र लगाएर घरभित्रै बस्न आदेश दिएका थिए । यो कुराको खुलासा स्वयम शाहरुखले नै एक अन्तवार्ता मार्फत गरेका हुन् ।

यो घटनाबारे खुलासा गर्दै शाहरुखले भनेका थिए – ‘मलाई आज पनि याद छ गौरीको परिवार पुरानो संस्कार धेरै मान्ने परिवारमध्येको थियो । म परिवारका ती सिद्धान्तको सम्मान गर्छु । तर, जब म त्यहाँ पुगें मानिसहरुले कुरा गरिरहेका थिए कि यो त मुस्लिम केटा हो । के यसले केटीको नाम फेरिदिन्छ रु के गौरी मुस्लिम बन्छिन् रु’ शाहरुखका अनुसार गौरीको घरमा जाँदा यस्ता कुराहरु सुनेपछि उनलाई पनि मजाक गर्न मन लाग्यो । त्यसपछि उनले गौरीलाई बुर्का लगाएर नमाज पढ्न भने ।

अहिले भने शाहरुख मर गौरी आफ्नो जीवनमा निकै खुसी छन् र गौरी स्वतन्त्र भएर हिड्ने गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्