थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ३ हजार १६८ ले जिते कोरोना




पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ३१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्