यी हुन् दर्शकमाझ लोकप्रिय ५ दशैँका गीतहरु…




दशैँ नेपालीको महान चाड हो । अरु समयमा जे जस्तो भएपनि दशैँमा सबैले परिवारको लागि समय निकाल्ने गर्छन् । यसपटकको दशैँ भने सबैलाई पहिलेका बर्षहरुको तुलनामा केही खल्लो हुने भएको छ । कोरोनाको कारण यसपटक दशैँ सबैले भनजस्तो रमाइलो गरी मनाउन पाउने छैनन् ।
यसपटक त फिल्महलहरु पनि बन्द छन् ।

दर्शकलाई दशैँमा चलचित्र र गीतसंगीतले सबैभन्दा धेरै मनोरञ्जन दिन्छ भन्दा खासै फरक नपर्ला । आज हामी यहाँ सदावहार गुञ्जने चलचित्रमा समावेश दशैँका गीतहरु बारे चर्चा गर्नेछौँ ।

दशैँ आयो
चलचित्र मुग्लान मा समावेश यो गीत सदावहार चर्चित दशैँ गीत हो । यो गीतले दशैँ आएको आभाष गराउँदछ ।
दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा यो गीतमा देखिएका छन् ।

गीतमा उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईंको संयुक्त गायन छ । सुरेश अधिकारीको संगीत रहेको गीतका सर्जक लोकनाथ सापकोटा हुन् ।

रातो टिका निधारमा
यो गीतले पनि दशैँ आएको अनुभव गराउँदमछ । आजभन्दा करिब २ दशक अघि निर्मित चलचित्र अल्लारे मा समावेश यो गीतको रिमेक भर्जन पनि आइसकेको छ । रिमेकलाई पनि दर्शकले रुचाएका छन् ।

रातो टिका दशैँको जमरा
चलचित्र मन मन्दिर मा समावेश यो गीत पनि दशैँको सदावहार गीत नै हो । गीतमा निरुता सिंह, राजेश हमाललाई देख्न सकिन्छ ।

यसपाली पनि परदेशमै बित्ने भो दशैँ, तिहार
चलचित्र देश विदेशमा समावेश गरिएको यो गीतले विदेशमा रहने नेपालीको मन छुन्छ । यो गीतलाई पनि दर्शकले औधी रुचाउने गरेका छन् र अक्सर दशैँमा यो गीत धेरै सुन्न पाइन्छ ।

लै बरी लै लै
दुई दशक अगाडिको तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘लहना’ मा समावेश गीत हो यो । दशैं आएको सम्झाउने यो गीतमा दशैंको वातावरण चित्रण गरिएको छ । गीतमा अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्