‘बिगबोस’ मा इन्ट्रि गर्दै रिया !



 रिया चक्रवर्ती केहीसमय देखि बलिउडको हेडलाइन बनेकी छिन् । केही न केही कारणले उनी चर्चामा आइरहेकी छिन् । तर सुशान्त सिंहको आत्महत्यापछि उनको यति आलोचना भएको छ की अहिले उनी आफैलाई दर्शकमाझ अनुहार देखाउन लाज भैरहेको  छ ।

केहीसमय अघिमात्र रिया जेलबाट छुटेकी थिइन् । उनै रिया बिगबोस सिजन १४ मा आउने सम्भावना देखिएको छ । रियालाई बिगबोस १४ मा ल्याउनको लागि तयारी भैरहेको जानकारी प्राप्त छ । तर यसबारे अहिलेसम्म रियाले भने केहीपनि जानकारी दिएकी छैनन् ।

यसपटक बिगबोस ले अन्य सिजनहरुमा झैँ चर्चा पाएको छैन । टिआरपीमा पनि पछि परिरहेको छ । त्यसैकारण टिमले रियालाई ल्याउन खोजेको बताइएको छ । अहिले रियाको आर्थिक अवस्था पनि कमजोर छ । जसका कारण रिया बिगबोसमा आउन सक्ने सम्भावना देखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्