‘ए मेरो हजुर ४’ को पोष्टर सार्वजनिक, यस्ता देखिए अनमोल र सुहाना




लामो समयदेखि दर्शकले कुरिरहेको चलचित्र ए मेरो हजुर ४ को नयाँ पोष्टर रिलिज भएको छ । ए मेरो हजुर ४ लाई यसपालीको दशैँमा दर्शकमाझ ल्याउने तयारी निर्माण टिमले गरेको थियो । तर कोरोनाको कारण चलचित्रको छायांकन लामो समयसम्म रोकियो ।

यो चलचित्र अहिले पुनः फ्लोरमा गइसकेको छ । तर चलचित्र प्रदर्शन कहिले हुन्छ त्यसको भने टुंगो छैन ।

ए मेरो हजुर ४ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्