थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुग्यो




पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्