२४ घण्टामा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४४ हजार नाघ्यो



पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

यस्तै देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९९ हजार ६०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्