उपत्यकाका १ हजार ७०२ सहित थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका १ हजार ७०२ रहेका छन् । जसमध्ये काठमाडौँका १ हजार ४ सय ३१, भक्तपुरका १ सय ४८ र ललितपुरका १ सय २३ रहेका छन् ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९६ हजार ६०९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्