गीतकार जयाराम श्रेष्ठको गीत ‘मेरो देश..’सार्वजनिक



काठमाडौं । बिगत लामो समय देखि अमेरिकामा बस्दै आउनु भएका गीतकार जयाराम श्रेष्ठको नयाँ गीत ‘मेरो देश..’ हाल चर्चामा रहेको छ ।

निशान भट्टराईको स्वरमा संगीतकार सम्भुजित बास्कोटाको संगीत रहेको गीतले युटुबमा भियोर्स कम आएपानी गीतको सकारात्मक चर्चा भैरहेको छ ।

संगीतकार बास्कोटाले सदैब फिल्मी फ्ल्रेबरको गीत कम्पोज र गाउनमा माहिर बास्कोटा यो पटक राष्ट्र भक्त्तिको यस गीतको कम्पोजिसनले खास किसिमको उर्जा मिलेको बताउनु भयो ।

छोटो समयमा गीतको लिरिकल भिडियो लाई दर्शक श्रोताहरुले मन पराउनु भएको छ ।

करीब एक दर्जन भन्दा बढी गीतहरु रचना गरिसक्नु भएको गीतकार श्रेष्ठले यस गीत ‘मेरो देश…’ भने केहि महिना अघि वाहाको ममतामाई आमा बित्नु हुँदा नेपाल आएको बखत आमाको महत्व र देशको अवस्था देखेर जुन भावना आयो तेसैलाई मनन गरी आएको भाव लाई रचनामा उतारेको बताउनु भयो ।

यस गीतको लिरिकल भिडियोको सफलता पश्चात अब यसको म्युजिक भिडियो बनाउने तयारीमा रहेको उहाँले बताउनु भयो । हाल गीतको शब्द टिक टकमा पनि निकै हिट पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्