सुरक्षित रही बडा दशैं, माहेनी नख : मनाऔं



काठमाडौं । विश्व कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको चपेटामा छ । यस महामारीबाट नेपाल पनि आक्रान्त छ । यसैबीच नेपालीहरूको प्रमुख चाड पर्व दशैं (मोहनी), तिहार (स्वन्ति) शुरु भएको छ ।

निषेधाज्ञाको अन्त्यसँगै काठमाडौं उपत्यकाका केही धार्मिक तथा सांस्कृतिक चाडपर्व तथा मेला महोत्सवका अनुभव हेर्ने हो भने नेपालीहरूले आफ्नो धार्मिक आस्था तथा सांस्कृतिक परम्परा र पहिचान अनुरुपको गतिविधि कोभिड–१९को महामारीकै बीचमा पनि गर्न नछाडेको प्रष्ट देखियो
तर त्यस्ता गतिविधि निश्चित स्थान र सीमा भित्र सिमित रहेकाले कोभिड–१९ को सब्क्रमण सरकार र जनसमुदायद्वारा जुन रुपमा बढ्छ भनी आँकलन गरिएको थियो, त्यो रुपमा बढेको देखिएन ।

कार्तिकको पहिलो हप्ताबाट शुरु भएको दशैं (मोहनी) र मंसिर महिना सम्ममा सम्पन्न हुने तिहार (स्वन्ति) नखःमा मानिसहरूको चहलपहल कुनै एक ठाउँमा मात्र सिमित नभई देशैभर देशैभरबाट हुने हुँदा विगतको सिमित ठाउँमा मात्र हुने धार्मिक तथा सांस्कृतिक मेला पर्व र जात्रामा भन्दा बढी जोखिम हुने निश्चित प्रायः छ ।

यसै कारण नेपाल सरकारले यस पटकको दशैं (मोहनी) एवम् तिहार (स्वन्ति) पर्व सिमित रुपमा आ–आफ्नो परिवारका सदस्यहरू बीचमा मात्र मनाउन अनुरोध गरेको छ । यदि सरकारको यो अनुरोध नागरिक स्तरबाट पालना नगरिएमा कोभिड–१९को संक्रमण र फैलावटको दर र क्रम अझ तिब्र हुने निश्चित प्रायः छ ।

अतः नगर सन्देश परिवार परिस्थितिको यो गम्भीरतालाई ध्यानमा राखी यो पटकको दशैं र मोहनीमा विगतका वर्षहरूमा जस्तो पुग्न सकिने रभ्याइने प्रायः सबै ठाउँमा पुग्ने, भेटघाट गर्ने टीका थाप्ने जस्ता काम नगर्न सम्पूर्ण कीर्तिपुर बासीमा अनुरोध गर्दछ ।

अन्त्यमा, सम्पूर्ण कीर्तिपुरबासीमा सतर्क र सुरक्षित किसिमले पारिवारिक रुपमा मात्र यस वर्षको दशैं, मोहनी मनाउन हार्दिक अपिल गर्दै वडा दशैं २०७७ तथा मोहनी नखः ११४० को मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्