नेताहरुप्रति आक्रोश पोख्दै निश्चलले भने– ‘राम्रो रोज्ने मौका त हामीले गुमायौँ, अब ढिला नगरी कुहिएकालाई चै फ्याक्नुपर्छ’



नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । यसबारे सरकारले त्यति चासो दिएको देखिदैन । यसबारे विभिन्न कलाकारहरुले समेत आवाज उठाइरहेका छन् । तर सरकारले सुने नसुनेको गरेर बसिरहेको छ ।

हालैमात्र पनि चर्चित निर्देशक तथा कलाकार निश्चल बस्नेतले सरकारले जनतालाई मान्छे नै नगन्ने गरेको भन्दै गुनासो पोखेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरेपनि हुने । जनताको उपचार आफै गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरि छर्लङ्ग भयो । महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफै रोजिसकेछ । राम्रो रोज्ने मौका त हामीले गुमायौं, अब ढिला नगरी कुहिएकालाई चै फ्याल्नुपर्ने देखियो ।’

धेरैले निश्चलको कुरामा सहमति पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्