उपत्यकाका २ हजार ३८८ सहित थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि



 पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २ हजार ३८८ जना उपत्यकाका रहेका छन् ।

जसमध्ये काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी जम्मा २३८८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप २३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ७७८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्