कगंनालाई दिए एक वकिलले खुलेआम बलात्कार गर्ने धम्की…



बलिउड नायिका कगंना रनावत यतिबेला ठूलो समस्यामा परेकी छिन् । उनलाई हिन्दुर र मुस्लिम धर्मबिच विभाजन गरेको आरोपमा मुद्धा दर्ता भएको छ । अहिले सामाजिक सञ्जालमा उनलाई केही दर्शकले गाली गरिरहेका छन् ।

यसैबिच एक वकिलले सामाजिक सञ्जाल मार्फत कगंनालाई खुलेआम बलात्कार गर्ने धम्की दिएका छन् । उनले खुल्ला सडकमा कगंनाको बलात्कार हुनुपर्ने बताएपछि यतिबेला कगंनाका फ्यानले उनलाई निकै गाली गरिरहेका छन् ।

धेरैतिर बाट गाली खाएपछि ती वकिलले माफी मागेका छन् । उनले आफ्नो आइडी ह्याक भएका कारण यस्तो भएको बताए ।

रजाले माफी माग्दै लेखेका छन् ‘आज मेरो फेसबुक आइडी ह्याक भएको थियो जसबाट केही अपमानजनक पोस्ट गरिए । कुनै पनि महिला वा समुदायबारे मेरो यस्तो दृष्टिकोण छैन । म आफैं अचम्ममा छु र यसको लागि माफी माग्छु ।’ शनिबार मुम्बइको बान्द्रा अदालतले कंगनाविरुद्ध धर्मको नाममा घृणा फैलाएको धाराअनुसार उजुरी दर्ता गर्न आदेश दिएको थियो । यसैमाथि प्रतिक्रिया दिँदै कंगनाले गरेको पोस्टमा रजाको कमेन्ट आएको थियो ।  

प्रतिक्रिया दिनुहोस्