
आर्यन सिग्देल र चर्चित नायिका आँचल शर्माले पहिलो पटक एकसाथ खेलेको म्यूजिक भिडियो भर्खरै रिलिज भएको छ । दशैँ तिहार विशेष गीतमा आर्यन र आँचलका साथमा नायिका रेबिका गुरुङलाई पनि देख्न सकिन्छ ।
सुजन तिगेला लिम्बुको शब्द र संगीत रहेको दशैँ तिहार बोलको गीतमा सुजन तिगेला लिम्बु र मेलिना राईको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । गीतमा आँचल र आर्यनको गज्जबको केमेष्ट्रि देख्न सकिन्छ ।





