
करिब १ बर्षअघि अमेरिकाको न्यूओर्कबाट हराएकी मोडल ब्राजिलको एक झुपडीबस्तीमा भेटिएकी छिन् ।
२६ वर्षकी एलोइसा पिन्टो फोन्टेस रियो द जेनेरियोको मारो डो कान्टागालो झुपडीबस्तीमा भेटिएकी हुन । उनलाई स्थानीय नेबरहुड वाच टिमले ब्राजिलको दक्षिण पूर्वी शहरमा मंगलबार फेला पारेको हो । उनी २०१९ को जून ४ मा आफ्नो न्यूयोर्कको म्यानहट्टनस्थित घरबाट बेपत्ता भएकी थिइन् ।
उनी निकै रहस्यमय तरिकाले हराएकी थिइन् । अचानक १ बर्षपछि ब्राजिलको झुपडीबस्तीमा भौतारिरहेको अवस्थामा उनलाई भेट्दा सबैजना छक्क परेका छन् ।





