आशको ज्योति बाल्दै कीर्तिपुर नगरपालिका



काठमाडौं । विभिन्न व्यावसायिक घराना र संघसंस्थाहरूको तीब्र दबाबका
कारण नेपाल सरकारले पछिल्लो समयमा जारी गरेको निषेधाज्ञा अन्त्य गरेको घोषणासँगै कीर्तिपुर नगरपालिकामा पनि कोरोना संक्रमणको गति र दर अत्यन्त तीब्र देखिएको छ ।

दबाबका भरमा परिस्थितिको मूल्याङ्कन नै नगरी अर्थव्यवस्थालाई चलायमान बनाउने
नाममा कहिले लक डाउन खुकुलो बनाउने र कहिले परिस्थिति सहज नहुँदै लगाइराखिएको र आम जनताले सहज रुपमा स्वीकार गरी पालना गरिरहेको निषेधाज्ञा अन्त्य गर्ने निर्णय अत्यन्त गलत साबित भएको छ ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा जारी गरिएको निषधोज्ञा काठमाडांै उपत्यका भित्रका सबै नगर प्रमुखहरूको असहमतिका बाबजुद पनि उपत्यकाका तीन वटै जिल्लाका प्र. जि. अ. हरूको जिद्धीका कारण अन्त्य गरियो । फलस्वरुप आज काठमाडौं उपत्यकामा कोरोना महामारी भयावह रुपमा फैलिंदै छ ।

उपत्यकामा हरेक दिन थपिएका बिरामी र मृत्यु हुनेको सङख्याले यो महामारी लगभग नियन्त्रण बाहिर गएको आभास हुन थालेको छ तर पनि स्वास्थ्य मन्त्रालयलगायत केन्द्रीय सरकारी संयन्त्र केही नभए जस्तो गरी बसिरहेको छ जुन काठमाडौंका लागि अत्यन्त दुःखद परिस्थिति हो ।

यो महामारीले कीर्तिपुर पनि आक्रान्त बनिरहेको छ । हालसम्म कीर्तिपुर नगरपालिकामा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीसहित जम्मा ३६३ जनामा संक्रमण पुष्टि भएको छ, भने ४ जनाको कोरोना स्रक्रमणले मृत्यु भैसकेको छ । यो अवस्था हेर्दा कीर्तिपुर उपत्यकाकै कोरोना हट स्पट बनेको देखिन्छ । तसर्थ काठमाडौंको अन्यत्र के गरिँदै छ सो नहेरी कीर्तिपुरले परिस्थितिको आँकलन गर्दै तुरुन्त कोरोना संक्रमणको चेन तोड्ने कार्यक्रम अगाडि ल्याउन जरुरी भैसकेको छ । यसतर्पm नगर नेतृत्वको यथाशीघ्र ध्यान जानु जरुरी छ ।

अन्यथा अवस्था थप जटिल र भयाबह बनी नियन्त्रण बाहिर जाने संकेत देखिन थालेको छ । यस्तो त्रासदीपूर्ण अवस्थामा पनि कीर्तिपुर नगरपालिकाले अपनाउनु पर्ने स्वास्थ्य मापदण्डहरू अवलम्बन गर्दै आफ्नो नगरपालिका भित्रका बालबालिकाको शिक्षाप्रतिको चासो सम्बोधन गर्ने जमर्को गरेको छ ।

यस क्रममा नगरपालिकाले आफ्नो शिक्षा शाखालाई चलायमान गरेर अनलाइनमार्पmत कक्षा सञ्चालन हुने कक्षामा एकरुपता ल्याउन नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयका
शिक्षकहरूलाई तालिमको आयोजना गरेको छ । नगरपलिकाको यो कार्य संङकटको घडीमा पनि आशाको ज्योति बनी अगाडि देखिएको छ ।

हिलटाउन मा.वि.मा सञ्चालन भैरहेको उक्त तालिममा कीतिपुरका ५६ जना विद्यालय शिक्षकहरूले सहभागिता जनाइहनुभएको छ । अन्त्यमा, वर्तमान जटिल र त्रासदीपूर्ण परिस्थितिमा समेत बालबालिकाको शिक्षा प्रति चासो लिई अनलाइन मार्फत भए पनि
कक्षा सञ्चालन गर्ने र विद्यार्थीहरूको शैक्षिक वर्ष पछाडि धकेलिन नदिने नगरपालिकाको प्रयासमा साथ र सहयोग दिन संक्रमणको जोखिम मोलेर तालिममा सहभागी विज्ञ र सहभागी सम्पूर्ण शिक्षक मित्रहरूलाई नगर सन्देश परिवार उच्च सम्मानका साथ धन्यवाद ज्ञापन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्