नेपालीलाई तथानाम गाली गर्ने भारतीय पत्रकार अर्नब गोस्वामी प्रहरीको फन्दामा, यस्तो छ कारण…



केहीसमय अघि नेपाल–भारत सिमाना विवादले सामाजिक सञ्जालमा तहल्का नै मच्चाएको थियो । नेपालले लिपुलेक र कालापानी समेटेको नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाले तथानाम भनेर नेपाल र नेपालीलाई गाली गरेका थिए । जसमध्येका एक हुन् अर्नब गोस्वामी ।

अर्नब गोस्वामी भारतको रिपब्लिक टिभीका सम्पादक तथा मालिक हुन् ।  उनै अर्नब मुम्बई प्रहरीको फन्दामा परेका छन् । अर्नबको रिपब्लिक टिभीले देशको नम्बर १ च्यानल बन्नको लागि नक्कली टिआरपी पैसा तिरेर किन्ने गरेको खुलासा भएपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको थियो ।

 अहिलेपनि अनुसन्धान भैरहेको छ । यदि अर्नब गोस्वामीले आफ्नो च्यानललाई नम्बर १ बनाउन टिआरपी किन्ने गरेको प्रमाण भेटिएमा उनी चाडै पक्राउ पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्