
केहीदिन अघिमात्र वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको थियो । हरिवंश र मदनकृष्णले २ दिन सँगै काम गरेका थिए । फेरि एउटै गाडी पनि चढेका थिए । जसका कारण हरिवंशको रिपोर्ट पोजेटिभ आएपछि मदनकृष्णलाई डर लाग्नु स्वभाविकै हो ।
मदनकृष्ण त्यसैपनि विभिन्न रोगले ग्रसित भएका कारण नियमित औषधी खाइरहेका छन् । यस्तो अवस्थामा उनलाई कोरोना लाग्दा स्वास्थ्य अवस्था झनै बिग्रन सक्थ्यो । त्यसैकारण उनले आफ्नो पिसिआर परीक्षण गराए तर उनको रिपोर्ट नेगेटिभ आएको छ ।
मदनकृष्णले सामाजिक सञ्जालमा यसबारे जानकारी दिदैँ खुसी व्यक्त गरेका छन् ।
मदनको स्टाटस-
हरिबंशले फोन गरेर “ दाइ, रमिला र मेरो PCR टेष्ट गराएको, रिपोर्टमा त दुबैजनालाई कोरोना पोजिटिभ पो देखायो त” भन्दा म एकछिन त झसंग भएँ किनभने दुइ दिन बिहान देखि बेलुका सम्म एउटा शुटिङ्गमा व्यस्त भएका थियौ। फेरी एउटै गाडी चढेका थियौं । त्यस माथि आफु पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँच थरी औसधी खाइराखेको मान्छे।हुन त मलाई केहि हुदैन भन्ने कुरामा ढुक्कै थिएँ तैपनि पनि क्या हो क्या हो , के भन्न सकिन्छ र। “ह” लाई समाते पछि “म” लाई मात्र के बाकी राख्ला र , समात्यो होला बजियाले भन्या जस्तो गरि मेरो पालो चुपचाप घरैमा isolated भएर बसें। आज बिहानै B&B hospital बाट Dr Niraj Baidhya ले PCR टेस्ट गर्न एकजना मान्छे पठाइदिनु भएको थियो । अहिले भर्खर B&B बाटै Dr. Reena Baidhya ले फोन गरेर “तपाइको PCR report negative आको छ है अङ्कल” भनेर खबर गरिन्। Dr. Reena Baidhya लाई मैले धन्यबाद दिएं र तुरुन्तै हरीलाई फोन गरेर मेरो PCR report negative आएको कुरा सुनाएँ. मेरो कुरा सुनेर हरीले भन्यो – “ ओहो दाइ , खबर सुनेर मेरो त मनै हलुका भयो , मलाई आफ्नो भन्दा तपाइको बढी चिन्ता लागिरहेको थियो……”





