करोडौंमा बिक्रि हुदैँ यी नायिकाले लगाएको चर्चित बिकिनी




जेम्स बोन्ड फिल्ममा अभिनेत्री उर्सुला आन्द्रेसले लगाएको चर्चित आइकोनिक बिकिनी करोडौंमा बिक्री हुने भएको छ ।

उर्सुला आन्द्रेसको बिकिनी यही नोभेम्बर १२ र १३ मा लस एन्जल्समा लिलामी हुनेछ । यसको अनुमानित बिक्री मूल्य ५ लाख डलर ९५ करोड ८५ लाख नेपाली रुपैयाँ० सम्म पुग्न सक्ने बताइएको छ ।

उर्सुलाले यो बिकिनी पहिलो पटक सन् २००१ मा लण्डनमा एक लिलामीमा बेचेकी थिइन् । त्यतिबेला यो ४५ हजार २ सय डलरमा बिक्री भएको थियो । यस पटक यसको अनुमानित मूल्य पहिलेको भन्दा १० गुणाभन्दा पनि बढी छ ।

प्रतिक्रिया दिनुहोस्