मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । चलचित्र ‘आमा’ मा जीवन्त अभिनयको कारण सबैको मन जित्न सफल अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीत ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्तको फेरी एक पटक जीवन्त अभिनय देख्न सकिन्छ ।

गीतमा आफ्नो सन्तानलाई मस्तिष्क पक्षाघातले निम्त्याएको पीडा र परिवारमा पर्न गएको पीडा देखाउन खोजिएको छ।भिडियोमा मस्तिष्क पक्षाघात भएका सन्तानको भविस्यको चिन्ता बोकेकी आमाको कथा प्रस्तुत गरिएको छ ।

चलचित्र गायिका अन्जु पन्तको स्वर रहेको सार्वजनिक गीतलाई नरेश प्रधानले लेखेका हुन् । गीतमा हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ । स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको यस गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ, मास्टरिङ गरेका हुन ।

अनुप चापागाईको निर्देशन रहेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् । भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । बुनु श्रेष्ठले गीतलाई कोडिनेटर गरेकी हुन् ।पछिल्लो केहि बर्ष यता गायिका बुनु श्रेष्ठ र नरेश प्रधानले मस्तिष्क पक्षाघात सम्बन्धि जनचेतना मुलक गीत मार्फत समाजमा जनचेतना फैलाउने अभियानमा लागेका छन् । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्