गायक यम राज श्रेष्ठको “पासपोटको पाना सकियो” भिडियो सहित



काठमान्डौँ । गायक यमराज श्रेष्ठ र गायिका संगीता पौडेलको आवाजमा रहेको मौलिक दशैँ गीत “पासपोटको पाना सकियो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

प्रदेशमा घन कमाउनको लागी गएको छोरो र घरमा आश्रित परिवारको पिर र वेदनालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्ज गीतमा रहेको छ ।

बासु बरालको छायाँकन, मनोज कार्कीको सम्पादन तथा निशान बाँनियाको निर्देशन भिडियोमा रहेको छ । “पासपोटको पाना सकियो” गीतको भिडियोमा आशिर प्रताप जंग र सन्ध्या श्रेष्ठको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्