रोटरीको पुरस्कार घोषणा नै बिवादमा



अमेरिकामा होस वा नेपालमा, अचेल पुरस्कार, सम्मान र अभिनन्दन गर्ने परिपाटी आवश्यकता र योगदानका आधारमा नभएर ब्यापारको रुपमा बिस्तारित भैसकेको छ । कतिपय मानिसहरुले आफ्नो बद्मासी लुकाउन पनि आफ्नै खर्चमा आफै खादामाला र फ्रेम सहितको अभिनन्दन पत्र बोकेका तस्विरहरु फ़ेसबुकमा टॉसेका हुन्छन् भने प्रायोजित रुपमा गरिने यस्ता मान-सम्मान गर्ने संघ सँस्थाहरुको जिविकोपार्जनको मुख्य स्रोत नै बनेको छ ।

अचेल त झनै हरेक ब्यक्तिको अनलाईन छ र पालै पालो एकले अर्कालाई सम्मान गरेका समाचार र बधाईका ओईरो नै लाग्छन् । यसैको एउटा ज्वलन्त उदाहरण हो हालै नेपालमा रोटरी ईन्डरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले हालै दुईजना पत्रकारहरुलाई दिने घोषणा गरेको सुशासन पुरस्कार ।

यो पुरस्कार घोषणा नहुदै बिवादको घेरामा तानिएको छ र त्यही विवादका कारण राष्ट्रपति बिद्या देवी भण्डारीले पुरस्कार बितरण गर्ने समय दिन आनाकानी गरेको बुझिएको छ । रोटरी ईन्डरनेशनल डिष्ट्रिक्ट ३२९२ यहिं अशोज ९ गते नेपालका दुई जना पत्रकारहरुलाई बासु रोटरी भोकेसनल सुशासन पुरस्कार दिने घोषणा गरेको थियो ।

उक्त पुरस्कार रोटरी बर्ष २०१९९२० को लागि दिन लागेको हो । आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई संयुक्त रुपमा दिने घोषणा भएको थियो ।

सम्पादक रिजाललाई बालुवाटारको जग्गा घोटाला पर्दाफ़ाश गरेर राज्यलाई सुशासन कायम गर्न ऑखा खोलेकोमा दिईएको थियो भने शिवाकोटीलाई पुर्व सभामुख कृष्णबहादुर महराको रोशनी शाही सँगको यौन काण्ड सार्वजनिक गरेवापत दिईएको थियो । रिजालले २०७२ साल बैशाख १० गतेको अंकमा अख़्तियार बाटै गृह मन्त्रालयको १४४ रोपनी जग्गाको फायल गायब , शमरजंग कम्पनिको नाममा रहेको कम्पनिको जग्गा खोज्न गृहद्वारा भुमिसुधार मन्त्रालयलाई पत्राचार शिर्षकमा मुख्य समाचार बनाएर छापेको थियो र त्यसमा अख़्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको गोप्य पत्र सार्वजनिक गरेको थियो ।

त्यसैका आधारमा थप अनुसंधान हुँदै गएका थप समाचार निरन्तर प्रकाशन गरेपछि सरकारले पुर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा छानबीन समिति गठन गरी त्यसको प्रतिवेदनका आधारमा बालुवाटारमा रहेको ललिता निवासको उक्त जग्गाको दर्ता रद्द गरि कार्वाहि अघि बढाईएको छ। उत्त छानबीनमा प्रधानमंत्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई लगायत १७७ जना मुछिएका छन् ।

संयुक्त रुपमा सुशासन अवार्ड पाउने अर्का पत्रकार शिवाकोटीले गत बर्ष महराको यौन काण्ड सार्वजनिक गरेका थिए र त्यहिं काण्डका कारण उनी सभामुख पदबाट हट्नु परेको मात्र होईन जेल नै जानु परेको थियो तर अहिले उनले यौन काण्ड बाट सफ़ाई पाईसकेका छन् र सांसद पदमा पुनर्बहाली पनि भैसकेका छन् । उक्त फ़ैसला पछि रोशनी – महरा काण्ड मित्थ्या साबित भैसकेको छ । त्यतिमात्र होईन सुशासन अवार्ड पाउने पत्रकार शिवाकोटी सगुन ईन्कर्पोरेशन र सगुन डटकमसँग पनि सम्बन्धि छन् ।

सगुनको नेपालमा मीडिया कन्सल्टेन्ट भएर पत्रकार शिवाकोटीले दुईकरोडभन्दा बढी रुपैयॉ लिएको बताईएको छ । बर्षौ सम्म सगुन डटकम र शिवाकोटीको अनलाईनको कार्यालय नै एउटै रहेको र आर्थिक साझेदारी गर्दै आएको कुरा पनि छिपेको छैन । उनी सगुन डटकमसँग जोडिएको कारण त्यसका सन्चालकहरुले महराको यौन काण्डपछि ईन्जा पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो । तर पछिल्लो समय सगुन ईन्कर्पोरेशनसँग शिवाकोटीको लेनदेन बिवाद भएको र सम्बन्ध टुटेको पनि बताईएको छ ।

त्यहिं सगुन डटकमको नेपाली मीडिया कन्सल्टेन्ट भएर करौडौ रुपैयॉ लिएका शिवाकोटीलाई रोटरी ईन्टरनेशनलले सुशासन पत्रकारिता घोषणा गरेर बितरण गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेपछि उनले आनाकानी गरेकि हुन् ।

ठगी काण्डसँग मुछिएको सँस्थासँग जोडिएर करोडौ लाभ लिएका ब्यक्तिलाई सुशासन अवार्ड दिन भण्डारीले आनाकानी गरेपछि रोटरी नेत्तृत्वले उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख अग्नीप्रसाद सापकोटा समक्ष प्रस्ताव पुर्याएका छन्। उनीहरुले पनि प्रस्ताव स्वीकार गरेका छैनन् ।

प्रधानमंत्री केपी शर्मा ओली समक्ष भने प्रस्ताव पठाउन सकिरहेका छैनन । पुरस्कार घोषणा भएपनि वितरण गर्ने उपयुक्त पात्र पाउन नसक्दा रोटरी ईन्टरनेशनल आफ्नो घोषणामा आफै पछुताउन थालेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्