कंगनाले किसानलाई आतंकारी भनेपछि…….



एजेन्सि । भारतमा कृषि बिलको विषयमा हरियाणा र पंजाबका किसानमा विशेष रोष छ । सोसल मिडियामा किसान र बिलको समर्थन र विरोधमा निकै चर्चा छन् । सोमबार यो चर्चामा अभिनेत्री कंगना रनौत पनि आइन् ।

कंगना रनौतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटलाई रिट्वीट गरिन् । कंगनाले प्रधानमन्त्रीको ट्वीटलाई रिट्वीट गर्दै जे लेखिन्, त्यसपछि सोसल मिडियामा उनीविरुद्ध विरोध हुन थालेको छ ।

कंगनाले लेखिन्, ‘प्रधानमन्त्री जी जो सुतिरहेका छन् उनीहरुलाई उठाउन सकिन्छ, जसले गलत बुझिरहेका छन्, उनीहरुलाई सम्झाउन सकिन्छ तर जसले सुतिरहेको नाटक गरिरहेका छन्, नबुझेको अभिनय गरिरहेका छन् उनीहरुलाई सम्झाउँदा के फरक पर्ला ? यी तिनै आतंककारी हुन् सिएएबाट एकजनाको पनि नागरिकता गएन तर उनीहरुले रगतको खोला बगाइदिए ।’

प्रतिक्रिया दिनुहोस्