विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख नाघ्यो, मृत्यु कति ? अपडेट



एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ३ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गतवर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ५० हजार नाघेको छ  भने २ करोड २० लाख ४६ हजार ४८८ सङ्क्रमित कोरोना मुक्त भएका छन् ।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु भएको अमेरिकामा हालसम्म ६८ लाख ७४ हजार ५९६ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख २ हजार २१३ जनाको मृत्यु भएको छ । दोस्रो धेरै सङ्क्रमितको स्थानमा भारत छ । भारतमा सङ्क्रमितको सङ्ख्या ५२ लाख नाघेको छ,  भारतमा हालसम्म ८४ हजार ४०४ जनाको मृत्यु भएको छ ।

तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो । मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १ लाख ३५ हजार ३१ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन्  । रुस १० लाख ८५ हजार २८१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ५० हजार ९८ व्यक्ति सङ्क्रमित छन्।

प्रतिक्रिया दिनुहोस्