
नेपाल वायुसेवा निगमका क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना पुष्टि भएपछि यतिबेला सोल्टि होटलको आइसोलनमा उनको उपचार भैरहेको छ ।
यस्तै नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा विजय लामाको फोटो पोष्ट गर्दै उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘कोरोनाको कहरमा यो संक्रमणलाई चुनौती दिदै आफ्नो कर्तव्य निभाउन निडर योद्धा बनि खटिरहेउ, यो रोगलाई तिमिले सहज रुपमा हराउनेछौं भन्ने विश्वास छ । सिघ्र स्वस्थ्य लाभको कामना क्याप्टेन, जय चन्द्र सुर्य ।’





