भयावह बन्यो भारत, दैनिक संक्रमणदर निकै उच्च,अहिले सम्म कति संक्रमण, कति मृत्यु ? अपडेट



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन ९४ हजार ४ सय ९ भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार ३ सय६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार १०८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७८ हजार ६१४ नाघेको छ ।

 

प्रतिक्रिया दिनुहोस्