झन भयावह बन्दै भारतको स्थिती, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च संक्रमण, मृत्यु कति ? अपडेट



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन अहिले सम्मकै उच्च ९५ हजार ५ सय २९ भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४४ लाख ६२ हजार ९ सय ६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ६८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७५ हजार ९१ नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्