कोरोना सगँ डराएर होइन, संघर्ष गरेर बाचौं



काठमाडौं । हामी कोभिड–१९ को विश्वव्यापी महामारीको चपेटामा पिल्सिएका छौं । यसकै कारण गत चैतको दोश्रो हप्तादेखि आजसम्म पनि विश्वका अन्य धेरै राष्ट्रहरूमा जस्तै हामी पनि स्वभाविक र सामान्य जीवनबाट विमुख भएर कष्टकर जीवन बाँचिरहेका छौं ।

यसको सङ्क्रमणबाट बच्न र बचाउन भन्दै ६ महिनादेखि लकडाउन, निषेधाज्ञाको चपेटामा हामी नेपाली पनि परिरहेका छौं । यसकै कारण उद्योग, कलकारखाना, होटल, यातायात, पर्यटन, सेवा क्षेत्र, विद्यालय,कलेजलगायत सबैक्षेत्र नराम्रो सँग प्रभावित हुन पुगेको छ । सङ्क्रमणको रोकथाम, नियन्त्रण र न्यूनीकरणका नाममा हामीले लामो समय घरभित्र थुनिएर विताएका छौं । हामी अधिकांशको रोजगारी र व्यवसायको क्षेत्र धरासायी हुँदै छ ।

मानवजातिले बाँच्नका लागि श्रममा सहभागी भई उत्पादन प्रक्रियामा भाग लिनु आधारभूत आवश्यकता हो । त्यसै कारण यसरी घरभित्र थुनेर वा थुनिएर मात्र जीवन सँधै अगाडि बढ्न सक्दैन । त्यसका लागि सुरक्षाका सबै उपाय र सतर्कता अपनाई जीवनलाई पूर्ववत् सामान्य अवस्थामा फर्काउन अत्यन्त जरुरी भइसकेको छ ।

छिट्टै यसो गर्न नसकिएमा सम्पूर्णनेपालको समग्रअर्थ सामाजिक सन्तलुन विगन्र जाने निश्चित प्रायः छ र नागरिक जीवनलाई त्यसैले पुनः पूर्ववत् अवस्थामा फर्काउन ठूलै मूल्य नेपाली समाज र राज्यले चुकाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्