बिष्णु खत्रीको दशै गीत ‘रिनै रिनको’ सार्वजनिक (भिडियो सहित)



प्रकाश योगी / कैलाली बिष्णु खत्री नेपाली लोक गीतको क्षेत्रमा यस्ता हुनाहर प्रतिभा हुन जसले समाजसंग जोडिएका प्रत्यक्ष जीवनका भोगाइ, ब्यथा, दुख कष्टहरुलाई टप्प टिपेर गीतमा प्रस्तुत गर्न खप्पिस देखिन्छन् ।

नेपाली लोक तथा दोहरी गीतमा उनको चर्चा परिचर्चा केही व्यापक तरिकाबाट हुने गर्दछ । बिशेष दशै गीत त झन उनका सबैले हेर्ने र मन पराउने गर्दछन् । गायक खत्रीका दर्जनौं दशै गीतहरु लोकप्रीय छन् । सुनको जलप , दशै तिहार संगै मनाउला , दशै तिहार आउदा , माया अपार , दशैमा आउ प्यारा ,जहाजको टिकट लगायत सबै गीत चर्चामा छन् ।

आफ्नै बिष्णु खत्री युट्युब मार्फत २०७७ साल को ‘रिनै रिनको’ बोलको गीत सार्बजनिक गरेका छन् । गीतमा बिदेशमा काम गर्दाका पीडाहरु समेटिएको देखिन्छ भने अर्कातिर गाउँघरका ब्यथाहरु पनि देखिन्छन् । बिष्णु खत्री र पुर्णकला बि.सि को स्वर गायक स्वयम् को लय /शब्द रहेको छ । कपिल लामाको निर्देशनमा रहेको भिडियोमा पछिल्लो समयका चर्चित कलाकार सारिका के. सि.र ओबि रायमाझीको अभिनय रहेको छ ।

भिडियो हेर्न यो लिंक खोल्नुहोस ।

प्रतिक्रिया दिनुहोस्