७८ बर्षका वृद्धसँग २४ बर्षकी युवतीको विवाह, बिहे गरेको ३ महिनापछि श्रीमान आफ्नै हजुरबुबा भएको थाहा पाएपछि…



भनिन्छ नि प्रेम अन्धो हुन्छ रे । प्रेममा सबकुरा जायज हुन्छ । तर प्रेममा आफ्नो हद पार गर्नु राम्रो भने हुदैँन । अमेरिकाको फ्लोरिडामा हालैमात्र एउटा अनौठो घटना घटेको छ ।

अमेरिकाको फ्लोरिडामा बस्ने ७८ बर्षिया धनी वृद्धको २४ बर्षकी जवान केटीसँग प्रेम बसेपछि दुवैले विवाह गरे । उनीहरुको जीवन रमाइलोसँग बितिरहेको थियो । तर विवाह गरेको ३ महिनापछि उनीहरुको राम्रो चलिरहेको जीवनमा ठूलो सुनामी आयो ।

जसलाई ती ७८ बर्षका वृद्धले विवाह गरेका थिए, ती युवती अरु कोही नभएर वृद्धकी आफ्नो नातिनी रहिछिन् । एकदिन ती युवतीले आफ्नो श्रीमानको पुरानो तस्बिर हेर्दै जादाँ उनको परिवारको तस्बिर देखिन् ।

जहाँ उनले तस्बिर हेर्दै जादाँ ती वृद्धको श्रीमतीलाई चिनिन् । तर आफ्नै हजुरबुबा भएको थाहा पाएपछि पनि ती वृद्धलाई छोड्न तयार नभएको युवतीले बताइन् । उनले उनीहरुको जीवन खुसीसाथ बितिरहेकाले अब केही फरक नपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्