झन भयावह बन्दै भारतको स्थिती, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च संक्रमण, मृत्यु कति ? अपडेट



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ६ सय ३५ नाघेको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन अहिले सम्मकै उच्च ८७ हजार १ सय १५ भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४० लाख २० हजार २ सय ३९ पुगेको छ ।

अहिलेसम्म ३१ लाख ४ हजार ५ सय १२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्