शरीरमा आगो लगाएर यी पुरुषले राखे प्रेमको प्रस्ताव, युवतीको जवाफ के होला ?



हामीले कसैलाई माया ग¥यौँ भने त्यो मान्छेले पनि हामीलाई माया गरे हुने भन्ने सबैलाई लाग्छ । त्यसको लागि कसैले नयाँ शैली अपनाउँछन् त कसैले आफ्नो सारा हद नै पार गर्छन् । आफैलाई चोट दिएर आफूले माया गरेको मान्छेलाई खुसी पार्न खोज्छन् ।

यस्तै एउटा अनौठोको घटना बेलायतमा घटेको छ । बेलायतका रिकि एश नामक व्यक्तिले प्रेमिका कट्रीना डबसनलाई विवाहको लागि प्रस्ताव राख्दा उनी अचम्ममा परिन् । उनीमात्र होइनन् उनलाई देख्ने सबैजना चकित परे ।

पेशाले रिकी स्टन्डम्यान हुन् । रिकीले शरीरमा आगो लगाएर घुडाँ टेकेर आफ्नी प्रेमिकालाई विवाहको लागि प्रस्ताव राखे । ५२ बर्षिया रिकीकी प्रेमिका कट्रीना पेशाले नर्स हुन् । एक समयमा यी दुईको प्रेम छुट्नै लागेको थियो । किनकी कट्रिको हाइट ६ फिट ३ इन्च छ भने रिकीको ५ फिट ८ इन्च छ । तर यी दुवैको प्रेम प्रगाढ भएका कारण दुवैले विवाह गर्ने निर्णय लिए ।

प्रतिक्रिया दिनुहोस्