भयावह बन्यो भारत, दैनिक संक्रमणदर निकै उच्च,अहिले सम्म कति संक्रमण, कति मृत्यु ? अपडेट



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६५ हजार ४ सय ३५ नाघेको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन  ६८ हजार ७ सय ७० भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३६ लाख ८७ हजार ९ सय ३९ पुगेको छ । अहिलेसम्म २८ लाख ३७ हजार ३ सय ७७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्