कोरोना भाइरस संक्रमण महामारीको नाममा नेपालमा विकृति, बेथिति मनपरि मौलाएको छ



 राकेश कुमार शर्मा 

काठमाडौं । कोरोना भाइरस संक्रमणको नाममा नेपालमा धेरै विकृतिहरु बढदै गएको छ । मुलुकमा निषेधाज्ञा लागु हुने बित्तिकै महँगी पनि व्यापक रूपमा बढाइएको छ । खाद्यान्नको पनि अभाव भएको अवस्था छ । जताततै विकृति, बेथिति र मनपरि मौलाएको छ । यसतर्फ ध्यान दिने कसले ?

कर्णाली प्रदेशमा खाधान्नको अभाव भएर भोकमरी लाग्ने अवस्था छ । कोरोना भाइरस संक्रमण लागेको मानिसलाई मानिसले नै बहिष्कार गरेको परिस्थिति पनि छ जताततै अन्याय र अत्याचार भएको छ । पी.सी.आर जाँच पनि भरपर्दो छैन कतै पोजिटिभ रिपोर्ट आएको छ, भने दोहोर्‍याएर जाँच गर्दा नेगेटिभ रिपोर्ट आइरहेको छ जस्ता जनगुनासोहरु सञ्चार माध्यमहरुबाट सुन्नमा आएको छ ।

कोरोना भाइरस संक्रमण लाग्नु भन्दा पहिले मानिसहरूको मृत्यु भएको थिएन र डराउनुपर्ने किन ? जन्म र मृत्यु कसैले टारेर टर्दैन । अहिले मर्ने मानिसहरू कालगतिले मरेका हुन । भाइरस र संक्रमण हावा द्वारा फैलिने हो । हावामा नै भाइरस र संक्रमण छ । यो एउटा हावा द्वारा फैलिने भाइरस र संक्रमण हो जाँच्ने हो भने कोरोना भाइरस संक्रमण प्रायःजसो सबै नागरिकलाई देखिन्छ । यसकारण मनोबल बढाउँ कोरोना भाइरस संक्रमणबाट आत्तिनु पर्दैन ।

मानिसहरुलाई अरु विभिन्न रोगहरुले पिडा पारेको हुन्छ कोरोना भाइरस संक्रमणको अवस्थामा प्रायःजसो अस्पतालहरुमा हत्तपत्त वा शीघ्र स्वास्थ्यकर्मी र डाक्टरहरुबाट समयमा उपचार नपाएर मृत्यु हुनु नै दुःखद कुरा छ । हालको अवस्थामा स्वास्थ्यकर्मीहरु बाट समयमा उपचार नुहुनु नै नकारात्मक पक्ष छ । जटिल र गम्भीर कुराहरूमा सरकारले ध्यान दिनुपर्ने हो तर मुलुकमा सरकार भएको नभएको नागरिकहरुले अनुभुति गर्न भने पाएको छैन ।

के मुलुकमा लकडाउन र निषेधाज्ञा लागु गरेर कोरोना भाइरस संक्रमणको समस्या समाधान हुन्छ र ? मुलुकमा कोरोना भाइरस संक्रमण नियन्त्रण नभए निषेधाज्ञा र लकडाउन कहिले सम्म ? निषेधाज्ञा र लकडाउनले मुलुकको अर्थतन्त्र धान्न सक्छ ? भोकमरी लाग्यो भने जिम्मेवार को ? मुलुकमा भइ रहेको विकृति, बेथिति, अस्तव्यस्त, अन्याय र मनपरिको जिम्मेवारहरु को ?

रुघाखोकी पनि एक प्रकारको संक्रमण र सरुवा रोग भए जस्तै कोरोना भाइरस संक्रमण हो । कोरोना भाइरस संक्रमण लाई छेकेर छेकिन्न घरमा बसे पनि लाग्छ ।

कोरोना भाइरसको महामारीमा मृत्युको आकडा आउने बित्तिकै नागरिकहरु ओहो यति धेरै मानिसहरूको मृत्यु भयो भनेर आत्तिन थाल्छन आत्तिनु पर्ने कुनै कारण छैन । कोरोना भाइरसको महामारी नआउँदा पनि कालगतिले दिनहुुँ मानिसहरूको मृत्यु कयौं गुणा हजारौंको संख्यामा हुन्थ्यो तर हामीले यति जनाको मृत्यु भयो भनेर थाहा पाउने गरेका थिएनौं अहिले मृत्यु हुनेको संख्या थाहा पाइरहेका छौं फरक यति मात्र छ ।

कोरोना भाइरसको महामारीमा कयौं अन्तर्राष्ट्रिय मुलुकहरुमा लकडाउन र निषेधाज्ञाको अवधिमा पनि नागरिकहरुलाई भत्ता दिएको छ । नागरिकहरुका लागि सरकारले नयाँ नयाँ योजना लागु गरेको छ । हाम्रो मुलुकमा लकडाउन र निषेधाज्ञा मात्र लागु छ । यसप्रकार मुलुकमा भइरहेको विकृति, बेथिति, अन्याय र मनपरिको अन्त्य गर्ने कुन चाहिँ शासन व्यवस्थाले हो भन्ने प्रश्न चिन्ह खडा भएको छ ?

प्रतिक्रिया दिनुहोस्