कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु



काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललिपुर, पर्सा, बारा, कपिलवस्तु र कास्कीका १-१ जना रहेका छन् ।

कास्कीको पोखरामा कोरोन संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरा ११ की ३२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्य भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचारत थिइन् ।

उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।

ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो ।

यसैगरी पर्साको वीरगन्जमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृतकमा वीरगञ्ज–१४ का ६२ वर्षीय पुरुष रहेका छन् । गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उनको बिहीबार बिहान मृत्यु भएको हो ।

यसैगरी बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने एक गर्भवती महिलाको पनि कोरोनाबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २३ वर्षीय महिला रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्