चितवन भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ



भरतपुर । चितवनको भरतपुर अस्पतालबाट भागेका १९ वर्षीय कोरोना संक्रमित पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी ५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।

उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटम नै आइसोलेसनमा राख्न समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्