वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु



वीरगञ्ज । बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका १ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।

थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएकोव थियो । त्यसै दिन स्वाब नमुना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्