
काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ ।
उनका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् । मृत्यु हुनेमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा गौतमले जानकारी दिएका छन् ।





