
वीरगञ्ज । वीरगञ्जमा कोरोना संकम्रणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका ११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य स्थिति गम्भिर भएपछि उनलाई साउन २४ गतेदे िनै आईसीयूमा राखेर उपचार भइरहेको थियो ।





