
काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।
यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना बाराका १ जना सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको छ ।





