
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।
मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९१६ जना रहेका छन् ।





