
जनकपुरधाम । सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यही भदौ ३ गते मृत्यु भएका मिर्चेया नगरपालिका वडा नं. ४ का ६८ वर्षीया पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
उनका अनुसार ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।
स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।
उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्रयाक्ट ट्रेसिगको काम शुरु गरिएको उनले बताए । योसँगै सिरहामा कोरोना संक्रमण पुटि भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।





