माधव नेपालका ७ सुरक्षाकर्मीमा कोरोना संक्रमण, परिवार सबैको नेगेटिभ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड – १९) पोजेटिभ देखिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजेटिभ देखिएको हो ।

पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ । माधव नेपालका परिवारले तीन पटकसम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्